कुमारी बैंकको विशेष साधारण सभा सम्पन्न


काठमाडौं – कुमारी बैंक लिमिटेडको साधारण सभासम्पन्न भएको छ ।  कुमारी बैंक लिमिटेडको संचालक समितिका अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा जेष्ठ १९, २०७७गते बैंकको नक्साल प्राङ्गणमा विशेष साधारण सभा सम्पन्न भएको हो ।

सो साधारण सभामा कुमारी बैंक लिमिटेडद्वारा साविकको देवःविकास बैंकको प्राप्तिको प्रस्ताव पारित भएको छ । कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुखकार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोह बीच साविकको देवःविकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन सम्पन्न भएको छ।

उक्त प्राप्ति पश्चात् बैंकको चुक्तापूँजी १२ अर्ब ५० करोडभन्दा बढीहुनेछ। साथै, निक्षेप १२० अर्ब तथाकर्जा लगानी १०५ अर्ब र शाखा संजालभने २०९हुनेछ।यस विशेषसाधारण सभा मार्फत प्राप्तिपश्चात्कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवःविकास बैंकको ०.८६कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ।

यस कोभिड–१९ काकारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मकउपायहरू सबै अवलम्बनगरी बैंकलेनवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुममार्फत शेयरधनी महानुभावहरुको मन्तव्य, सुझाव लिएको थियो । यस विषम परिस्थितिमा डिजिटल प्लाटफमर्मा उल्लेखनीय सहभागिताका लागी शेयरधनी महानुभावहरुलाई सम्पूर्ण बैंकको संचालक समितिका सम्पूर्ण सदस्यहरुले धन्यवाद व्यक्त गरे ।

बैंकको आन्तरिक वित्तिय, मानवश्रोत, प्राविधिकएवं अन्यक्षमताअभिवृिद्ध हुनुका साथै राष्ट्रिय बैंकिंगतथावित्तिय प्रणालीको सम्बर्धन भई सो प्रति सर्वसाधारणको विश्वसनीयतामाअभिवृिद्ध पुग्नेमा बैंक विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement