कुमारी बैंक र टेस्ला क्लिनिकबीच स्वास्थ्य सेवामा छुट सम्झौता

कुमारी बैंक र टेस्ला क्लिनिकबीच स्वास्थ्य सेवामा छुट सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र बालुवाटारस्थित टेस्ला डायगनोष्टिक क्लिनिकका बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री राजीव गिरी र टेस्ला डायगनोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत श्री रिंकु श्रेष्ठको हस्ताक्षर भएको उक्त सम्झौता–पत्र अनुसार टेस्ला डायगनोष्टिक क्लिनिकका विभिन्न स्वास्थोपचार सेवा तथा औषधोत्पादन शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।