काठमाण्डु- भारतको उत्तर प्रदेशको प्रयागराजमा कुम्भ स्नान गरेर फर्किरहेको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । शुक्रबार राति उत्तर प्रदेशको मनु के पुरा गाउँ नजिक भक्तजनहरू बोकेको बोलेरोले नियन्त्रण गुमाएर अगाडिबाट आउँदै गरेको बससँग ठोक्किर दुर्घटना भएको हो ।
बोलेरोमा यात्रा गरिरहेका १० जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । घटनामा १९ जना घाइते भएका छन् ।
सबै श्रद्धालुहरू छत्तीसगढको कोरबा जिल्लाका बासिन्दा थिए । उनीहरू संगम स्नानको लागि मेला क्षेत्रमा आउँदै थिए । अर्कोतर्फ बसमा यात्रा गरिरहेका १९ जना श्रद्धालु संगममा स्नान गरेर वाराणसी जाँदै थिए । उनीहरू भारतको अर्काे राज्य मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन् । बोलेरो चालक निदाएको कारणले यो दुर्घटना भएको जनाइएको छ ।




प्रतिक्रिया