कुम्भमेला भागदौड : कति जनाको भयो मृत्यु ? छैन आधिकारिक तथ्यांक

कुम्भमेला भागदौड : कति जनाको भयो मृत्यु ? छैन आधिकारिक तथ्यांक

राज्य सरकारले मृतकको संख्या लुकाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यस वर्ष जनवरी १३ देखि फेब्रुअरी २६ सम्म भारतको प्रयागराजमा कुम्भमेला लागेको थियो । जहाँ दिनहुँ ठूलो संख्यामा भक्तजन पुगेर स्थान गरेका थिए । कुम्भमेलामा ६६ करोड भक्तजन सहभागी भएको उत्तर प्रदेश राज्य सरकारको दाबी छ ।

कुम्भमेलामा जनवरी २९मा भक्तजनको घुइँचोका बेला भागदौड मच्चिएको थियो । जसमा धेरै जनाको ज्यान गएको थियो । तर भागदौडमा कति जनााको मृत्यु भयो त्यसको आधिकारिक तथ्यांक कसैसँग छैन ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले फेब्रुअरी १९ मा विधानसभामा भनेका थिए, ‘जनवरी २९ राति कुम्भको संगमनजिक एक दुर्भाग्यपूर्ण घटना भयो । ६६ भक्तजन यसको चपेटामा परे र उनीहरूलाई तुरुन्तै अस्पताल लगियो

उनीहरूमध्ये ३० जनाको मृत्यु भयो र ३० मध्ये २९ जनाको पहिचान भयो ।’ उनले उल्लेख गरेका स्थानमा मात्र नभई अरू क्षेत्रमा पनि भागदौडमा भक्तजनको मृत्यु भएको बीबीसी हिन्दीको अध्ययनमा पत्ता लागेको छ ।

योगी सरकारले ३६ परिवारलाई डायरेक्ट बेनिफिट ट्रान्सफर (डीबीटी) वा चेकमार्फत २५ लाख भारु क्षतिपूर्ति दिएको थियो । यसमध्ये २६ परिवारलाई नगद पाँच लाख दिइएको बीबीसीले प्राप्त गरेको भिडियो तथा तस्बिरमा देखिएको छ । प्रहरीले ५०० दर नोटका बन्डल वितरण गर्दै गरेको भिडियोमा देखिन्छ ।

धेरै परिवारले बीबीसीलाई उनीहरूको इच्छाविपरीत ‘अचानक स्वास्थ्य बिग्रिएर’ मृत्यु भएको भनेर कागजातमा हस्ताक्षर गराइएको बताएका छन् । बीबीसीले आफ्नो अध्ययनमा सरकारी ढुकुटीबाट स्वतः प्रमाणित पाँच लाखका नोटको प्रमाण फेला पार्न भने सकेन ।

तर, २६ परिवारलाई दिइएको कुल १.३ करोड रुपैयाँ कहाँबाट आएको भन्ने स्पष्ट नभएको अध्ययनका क्रममा खुलेको छ । ती सबै विषयमा उत्तर प्रदेश प्रहरी संलग्न रहेको परिवारले बताएका छन् । धेरै घटनामा पुष्टि गरिएका तस्बिर र भिडियो परिवारसँग छन् ।

बीबीसीले थप १९ परिवार पत्ता लगाएको छ र उनीहरू क्षतिपूर्ति पाउने ३६ परिवारमा समावेश थिएनन् । र, उनीहरूले प्रतिव्यक्ति पाँच लाख समेत पाएनन् ।

यी १९ परिवारले जनवरी २९ मा भएको भागदौडमा उनीहरूका आफन्तको मृत्यु भएको बताएका छन् ।

बीबीसीका अनुसार, कुम्भमेलामा भागदौडमा ८२ मृतकका परिवारलाई तीन श्रेणीमा विभाजित गरिएको छ । पहिलो श्रेणीमा २५ लाख मुआब्जा पाएका परिवार पर्छन् । दोस्रो श्रेणीमा पाँच लाख नगद पाएका परिवार छन् भने तेस्रो श्रेणीमा कुनै आर्थिक सहायता नपाउने परिवार परेका छन् ।