काठमाण्डु–भारतको कुम्भ मेला गएका नेपाली सवार गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडमा डिभाडरमा युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी ठोक्किदाँ दुर्घटना भएको हो ।
उनीहरु कुम्भ स्नान गरि फर्किदै गरेका थिए ।
मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
दुर्घटना परी सवारी चालकसहित अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा देवदह भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।




प्रतिक्रिया