डिएसपी ढुंगेललाई रिहा गर्न अदालतको आदेश


काठमाडौं – नेपाल प्रहरीका डिएसपी कुमोद ढुंगेललाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका ढुंगेललाई रिहा गर्न आदेश दिएको हो ।

उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो । डकैती गर्ने समूहसँग साठगाँठ रहेको आशंकामा उनलाई निलम्बन गरिएको थियो ।

साँठगाँठको घटनाबाहिर आएपछि प्रहरी प्रधान कार्यालयले ढुंगेलमाथि छानबिन सुरु गरेको थियो ।

काठमाडौंको रानीबारीका लालेन्द्र शेरचनको घरमा भएको डकैती गर्नेमध्येका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाउनुका साथै भेटघाट गरेको पाइएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement