जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले

जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा – बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुने बताएका छन् ।

बिहीवार दोलखा सदरमुकाम चरीकोटमा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धी स्थानीय तहसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री काफ्लेले यस्तो बताएका हुन् ।

प्रदेश र स्थानीय सरकार दुवै मिलेर जनतालाई उत्पादनसँग जोड्न सक्यौं भने मात्र देशले समृद्धिको लक्ष्य हासिल गर्ने बताउँदै उनले आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलोपटक बाग्मती प्रदेशका १३ जिल्लामै यस्तो कार्यक्रम सुरु गरेको जानकारी दिए ।

स्थानीय सरकारले योजना छनोट गर्दा प्राथमिकताका साथ छनोट गर्नुपर्ने उनले बताए । उनले भने, ‘स्थानीय तहले उत्पादन क्षमता बढाउने र उत्पादनसँग जोडिने गरी काम गर्नुपर्छ, उत्पादनको क्षेत्रमा काम नभएसम्म रोजगारी सिर्जना हुँदैन । त्यसैले जिल्लामा नभएका प्रदेश सरकारका विभिन्न कार्यालयहरू जिल्लामा नै स्थापना गर्ने तयारी गरिरहेका छौं ।’