चुनाव जितेपछि आँखा चिम्लेर हिड्ने नेतालाई तह लगाउँछु: कुन्ती पोखरेल

चुनाव जितेपछि आँखा चिम्लेर हिड्ने नेतालाई तह लगाउँछु: कुन्ती पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु क्षेत्र नं. २ बाट राप्रपाकी केन्दीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार कुन्तीदेवी पोखरेलले आफ्नो घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीब्र रुपमा अगाडि बढाएकी छिन् ।  उनले चुनाव प्रचारका क्रममा मतदातासँग आफ्ना कार्ययोजनाहरु पनि सँगै प्रस्तुत गरेकी हुन् ।

उनले विकास निर्माणका लागि संसदबाट बजेट विनियोजन हुन्छ, त्यो विनियोजित बजेट सर्लक्क सम्बन्धित क्षेत्रमा प्रयोग हुने हो भने पक्कै पनि विकास हुन्थ्यो तर त्यसरी छुट्ट्याइएका बजेट काम गर्न भन्दा पहिला घोटाला हुने भएका काम बीचमै रोकिएकाले त्यस्ता भ्रष्टाचारीलाई आफूले तह लगाउने बताएकी छन् ।

उनले बजेट बीचैमा घोटाला हुने भएकाले नै बाटोघाटो, सडक, बत्ती, खानेपानी, शिक्षा, स्वास्थ्य तथा राष्ट्रिय गौरवका बहुआयामिक योजनाहरु लथालिङ्ग हुने गरेको बताउँदै आफूले चुनाव जितेमा त्यस्ता विकास मारा भ्रष्टाचारीहरुको फाइल खोजेर कारबाहीका लागि लड्ने बताइन् ।

उनले यस क्षेत्रबाट पहिला चुनाव जित्नेहरुले समयमा काम गरेर सडक धुवा, धुलो, खाल्टाखुल्टी र हिलोले ढाकिरहँदा आँखाचिम्लेर हिड्नेहरुलाई आफू संसद्मा पुगेपछि समयमा काम गरेर आँखा खोलिदिने बताइन् ।