मलाई आम युवाको समर्थन छ : कुन्ती पोखरेल

मलाई आम युवाको समर्थन छ : कुन्ती पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाण्डु क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफूलाई आम युवाहरुको समर्थन रहेको बताएकी छन् ।

पोखरेलले काठमाण्डु क्षेत्र नं २ स्थित काँडाघारीमा भएको चुनावी सभामा बोल्दै पछिल्लो पुस्ताका युवाहरु राज्यको बेथिति, कुसस्कारको सिकार भइरहको बताउँदै अब युवाहरु यस्ता प्रवृतिको अन्त्य गर्ने पक्षमा रहेको बताएकी हुन् ।

‘नेपालमा युवाहरुको लागि खै व्यवस्थापन, खै राज्य ?’ भन्दै प्रतिप्रश्न गरेकी छिन् ।, ‘यतिबेल नेपालको विकास गर्न सक्ने बल बुद्धि र क्षमताले भरिएको युवाहरु सबै विदेशमा गएर काम गरिरहनु भएको छ, नेपालमा न युवाहरुलाई बस्ने बताबरण छ न त उहाँहरुलाई न कुनै रोजगार छ, न कुनै लगानी गर्ने बातावरण ? जब यहाँ कुनै पनि काम गर्ने ठाउँ छैन भने यहाँ किन बस्ने ?’

समकालीन देशहरुले आर्थिक विकास गरेर नेपालका युवाहरुलाई विदेशीको गुलाम बनाउन वाध्ये बनाउँदै हिड्ने अराजक नेतृत्वहरुले नेपालको युवाहरुलाई कुनै पनि हालतमा रोजगार दिन नसक्ने त्यसको लागि आफूले जित्नुपर्ने पोखरेलले बताइन् ।