कुरिनटारमा पहिरोः पृथ्वी राजमार्ग अवरुद्ध

कुरिनटारमा पहिरोः पृथ्वी राजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बिहीबार बिहान ८ः५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार वर्षा भइरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न सकिएको छैन । पहिरो पन्छ्याउन केही समय लाग्ने जनाइएको छ ।