काठमाण्डू– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा शनिबार अमेरिकाविरुद्धको खेलमा जितका लागि १९६ रनको लक्ष्य पछ्याउने क्रममा भुर्तेलले अर्धशतक खेलेका हुन् ।
१४औं ओभरको अन्तिम बलमा उनले अर्धशतक पूरा गरे । ४५ बलमा ७ चौका र २ छक्काको मद्धतमा भुर्तेलले अर्धशतक पूरा गरेका हुन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा भुर्तेलको यो १०औं अर्धशतक हो ।
उनीसँग अर्का ओपनर आशिफ शेखले उत्कृष्ट साझेदारी गरेका थिए ।




प्रतिक्रिया