कुशल १६ रनमा आउट, सन्दीप बने टी–२० मा सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी

कुशल १६ रनमा आउट, सन्दीप बने टी–२० मा सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिकोणात्मक टि–२० सिरीज अन्तर्गत जारी मलेसियाबिरुद्धको खेलमा कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् ।

पहिलो, दोश्रो र तेस्रो खेलमा लगातार अर्धसतक बनाएर किर्तिमान बनाएका भुर्तेल खेलको चौथो ओभरमा बाहिरिएका हुन् । उनी मलेसियाका मोहम्मद वफीकको हातबाट क्याचआउट भए । उनले १२ बलमा २ छक्काको मद्धतमा १६ रन जोड्न सफल भए ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले टी–२० मा आफ्नो सय खेल पूरा गरेका छन् । उनले जारी मलेसियाविरूद्धको खेलमार्फत टी–२० मा सय खेल पूरा गरेका हुन् ।

योसँगै सन्दीप नेपालका लागि सय टी–२० खेल्ने पहिलो खेलाडी बनेका छन् । टेस्ट राष्ट्रको फ्रेञ्चाइज टी–२० लिगका खेल र टी–२० अन्तर्राष्ट्रिय खेललाई टी–२० को मान्यता हुन्छ ।