कुशलको अर्धसतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

कुशलको अर्धसतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को २५औं खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो ।

चितवनका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले शतकीय साझेदारी गरे । मल्ल र बोपाराले तेस्रो विकेटका लागि ११३ रनको साझेदारी गरेका हुन् ।

मल्लले ७२ रन जोडे भने बोपारा ४४ रन जोडेर आउट भए । हसन एइसाखिलले २८, विपिन रावतले ३, सन्तोष कार्कीले १४ र सोहिल तानविरले ५ रन बनाए ।

जनकपुरकालागि ललित राजवंशीले २, हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान एकएक विकेट लिए ।