डा. आरजु राणा परराष्ट्रमन्त्री भएपछि रिक्त सभापति पदमा थापा निर्विरोध निर्वाचित

डा. आरजु राणा परराष्ट्रमन्त्री भएपछि रिक्त सभापति पदमा थापा निर्विरोध निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन् ।

कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा मंगलबार निर्विरोध निर्वाचित भएकी ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरे ।

समितिको सभापति डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि सभापति पद रिक्त थियो । समितिको सभापति पदमा कांग्रेसका थापाको मात्र उम्मेदवारी परेको थियो ।