संखुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट

संखुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किमाथांका – संखुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्र्चाजमाथि कुटपिट भएको छ ।

पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज बैध ज्ञानेन्द्रप्रसाद शाहमाथि कुटपिट भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संखुवासभाका प्रमुख रामप्रमोद चौधरीले जानकारी दिए ।

शाहमाथि आईतबार दिउँसो कार्यालय परिसरमै पाँचखपन–२ का भीषण जिमीले कुटपिट गरेको उनले बताए । जिमीले इन्चार्ज शाहमाथि औषधि किन्ने बहानामा कार्यालय परिसरभित्रै कुटपिट गरेको आरोप छ ।

घटनालगत्तै पीडित शाहले स्थानीय प्रहरी पोष्टमा उजुरी गरेकोमा प्रहरीले आरोपित जिमीलाई सम्झाइबुझाइ छाडेको थियो । जिमीले सोही दिन राति पुनः शाहको कोठामा पुगेर धम्क्याएको पीडितको आरोप छ ।

शाहले सोमबार ईलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

स्वास्थ्यकर्मी र अन्य कर्मचारी कुटपिट तथा अभद्र व्यवहार हुन थालेको भन्दै कर्मचारीले सुरक्षाको माग गरिरहेका छन् । यसअघि गत साउन १५ गते नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय मादीका इन्चार्ज र कर्मचारीमाथि कुटपिट भएको थियो ।