कुवेतका राजाको ९१ वर्षको उमेरमा निधन


एजेन्सी – कुवेतका राजाको अमेरिकामा निधन भएको छ । ९१ वर्षीय राजा सबा अल अहमद अल जाबेर अल सबाको उपचारको क्रममा निधन भएको हो ।

सन् १९२९ मा जन्मिएका सबा आधुनिक कुवेतको विदेश नीतिको वास्तुकारका रूपमा परिचित छन् । सन् १९६३ देखि २००३ सम्म करिब ४० वर्ष विदेशमन्त्रीको रुपमा काम गरेका थिए ।

त्यसपछि उनी प्रधानमन्त्रीसमेत भएका थिए । त्यसपछि २००६ मा कुवेतको अमिर भए । सन २०१९ मा सबा गम्भीर रोगको सीकार बनेका थिए । सन् २०२० जुलाईमा उनी शल्यक्रिया पछि उपचारका लागि अमेरिका उडेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement