काठमाण्डु- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको चार सदस्यीय टोली बेलायत भ्रमणमा गएको छ।
बेलायत सरकारको निमन्त्रणमा २२ देखि २६ असोजसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत विषयक कार्यक्रममा सहभागी हुन महानिरीक्षक कुँवर त्यता गएका हुन्।
टोलीमा प्रहरी महानिरीक्षक कुँवरका साथै प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल रहेका छन्। भ्रमण टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले बिदाइ गरेका थिए।
नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान–प्रदानका साथै विकसित अपराधका चुनौतीबारे अनुभव साटासाट हुने प्रहरी मुख्यालयले जनाएको छ।




प्रतिक्रिया