कुवेतमा चार नेपालीको मृत्यु, तीन जना वेपत्ता

कुवेतमा चार नेपालीको मृत्यु, तीन जना वेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कुवेतमा चार जना नेपाली कामदारको मृत्यु भएको छ । कुवेतस्थित अल मुतलाको हाउजिङ निर्माणस्थलमा बम पड्काएर ढुंगा फुटाउने क्रममा चार नेपालीको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

अन्य तीन जना भने पुरिएकोे अरब टाइम्सले जनाएको छ ।  बालुवा र गिट्टीको थुप्रोमा पुरिएका अन्य तीन जनाको खोजी र उद्धार कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।  घाइते तीन जनाको जाहारा अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ ।

चिनियाँ कम्पनीले काम गरिरहेको निर्माणस्थलमा बालुवा गिट्टीको थुप्रो खस्दा दुर्घटना भएको हो । ज्यान गुमाएका र घाइते भएकाहरुको पहिचान भने खुलेको छैन ।