लद्दाखमा भारत–चीनबीच तनाव, दुवै देशले हतियार र सेनाको संख्या बढाए


काठमाडौं – पछिल्लो समय भारत र चीनको सीमा क्षेत्र लद्दाखमा दुवै देशले हतियारसहित सुरक्षाकर्मी पनि बढाएका छन् । सीमामा दुवै देशले हतियार, सैनिक र सामाग्री बोकेका ट्रक तैनाथ राखेका हुन् ।

चिनियाँ सेनाले पूर्वी लद्दाखको नियन्त्रण रेखा नजिक आफ्नो सैन्य रणनीति अन्तरगत आर्टलरी बन्दुक, पैदल सेनाको लडाई सवारी साधन र भारी सैन्य उपकरणहरु क्रमिक रूपमा थपिरहेका छन् ।

यसैगरी भारतीय सेनाले पनि त्यहाँ अतिरिक्त सैनिकको साथसाथै उपकरण र तोपखानाको बन्दुक जस्ता हतियारहरू बढाउन सुरू गरेको छ । भारतीय वायुसेनाले त्यहाँ कडा हवाइ निरिक्षण गरिरहेको छ ।

दुबुकका स्थानीयहरुले बताएअनुसार भारतीय र चिनियाँ सेनाहरू हरेक रात ८० देखि ९० वटा हतियार बोकेका ट्रकहरु ओहोरदोहोर गर्ने गरेका छन् ।

एक वरिष्ठ अधिकारीले पूर्वी लद्दाखमा अमेरिका र चीनको शीतयुद्धको सामना गर्न तटस्थताको अपनाउन एक दबाब भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement