महिलाको नेतृत्व रहेका धेरै संस्था सफल भएका छन् : अध्यक्ष मल्ल

महिलाको नेतृत्व रहेका धेरै संस्था सफल भएका छन् : अध्यक्ष मल्ल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सहकारी महासंघकी नेपालका अध्यक्ष ओमदेवी मल्लले महिलाको नेतृत्व रहेका धेरै संस्थाहरू सफल भएको बताएकी छन् । मल्लले सहभागितामै रमाउने भन्दा पनि त्यस क्षेत्रको नेतृत्वमा पुग्ने गरी अगाडि बढ्नुपर्ने बताइन् ।

मल्लले नारी चेतना केन्द्रले आयोजना गरेको वित्त तथा उद्यमशिलता विकासमा महिलाको पहुँच विषयक कार्यशालामा भनिन्, ‘सहकारीमा महिलाको सहभागिता सबैभन्दा बढी छ अब यो क्षेत्रको नेतृत्व तहमा महिला सहभागितालाई बृद्धि गर्नका लागि के के गर्नुपर्छ भन्ने विषयमा पनि हामी महिलाले सोच्नुपर्छ । हामीले यसको दायरा बुझ्ने गहिरोसँग अध्ययन गर्ने कामलाई जोड दिनुपर्छ ।’

उनले पछिल्लो समय नेपालका धेरै क्षेत्रमा महिलाको नेतृत्व रही सफल भएका उदाहरणसमेत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा महिलामा उद्यमशिलता विकास र वित्त पहुँच अझै सिर्जना हुन नसक्नुको कारणका विषयमासमेत उनले विवेचना गरेकी थिइन् ।

कार्यक्रममा केन्द्रकी अध्यक्ष सिर्जना पौडेलले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ लि। काठमाडौंका अध्यक्ष सुमन केसी, काठमाडौं बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक पनेरु, राष्ट्रिय सहकारी महासंघका नायव महाप्रबन्धक बाबुल खनाललगायतले धारणा राखेका थिए ।