काठमाण्डु– प्रतिनिधिसभाबाट आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकले सो अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।
रणेन्द्र बरालीले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावको समर्थनमा मत नपुरेपछि उक्त प्रस्ताव अस्वीकृत भयो ।
अर्थमन्त्री पौडेलले उक्त ध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत राखेका थिए ।




प्रतिक्रिया