काठमाण्डु – लगानी बोर्डले दुईवटा जलविद्युत परियोजनाको निर्माण तथा विकासकालागि ७३ अर्ब रुपैयाँ स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्डको ४८ औ बैठकले लगानी स्वीकृत गरेको हो ।
लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब रुपैयाँ लगानीको दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुम खोला जल विद्युत परियोजना रहेको छ ।
त्यस्तै सङ्खुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा ६२.२६ अर्ब रूपैयाँको पूँजी वृद्धि स्वीकृति प्रदान गरेको छ ।




प्रतिक्रिया