लगानी सम्मेलनः आज एक दर्जन परियोजना गरिँदैछ ‘रिजर्भ’

लगानी सम्मेलनः आज एक दर्जन परियोजना गरिँदैछ ‘रिजर्भ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी लगानी सम्मेलनमा झण्डै एक दर्जनभन्दा बढी परियोजना रिजर्भको तयारी भएको छ। शनिबार १० बजेपछि परियोजना बुकिङु गरिने जनाइएको छ। एक दर्जन परियोजनामा पहिले नै प्रतिबद्धता जनाएका विदेशी लगानीकर्ताहरूले शनिबार अनलाइनमार्फत आवेदन दिन लागेका हुन्।

दुईवटा जलविद्युत् आयोजनामा चिनियाँले र एउटा जलविद्युत् आयोजनामा भारतीय लगानीकर्ताले लगानी गर्ने तयारी भएको लगानी बोर्डले जनाएको छ। सम्मेलनमा लगानीकर्तालाई आकर्षित गर्न सरकारले ७७ वटा परियोजना राखेको छ। यी परियोजनाको लागत ३० खर्बभन्दा बढी छ।

सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिएका छन्। एक दर्जन परियाजनामा सम्मेलन अघि नै प्रतिवद्धता आएको लगानी वोर्डले जनाएको छ। आज विदेशी लगानी कर्ताहरुले प्रतिवद्धता जनाएका परियोजनामा अनलाइन आवेदनमार्फत् बुकिङ गर्ने कार्यक्रम छ।

लगानी वोर्डका अनुसार कुनै पनि परियोजनामा लगानी गर्न इच्छा राख्ने लगानीकर्ताले लगानी वोर्डको वेबसाइटमा राखिएको अनलाईन फारम भर्नुपर्ने छ। अनलाईन फारमको शुल्क दश हजार रुपैयाँ तोकिएको छ।

वोर्डका अनुसार चिनियाँ र भारतीय लगानीकर्ताले क्रमशः दुई र एक जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएका छन्। एक चिनियाँ कम्पनीले खानेपानी परियोजनामा पनि लगानी गर्ने इच्छा व्यक्त गरेको छ। एक भारतीय कम्पनीले नेपालको बैंकिङ क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ।

नेपाली लगानी कर्ताले पनि विभिन्न परियोजनामा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सम्मेलनमा ४० देशबाट झण्डै ६ सयभन्दा बढी लगानीकर्ता सहभागी छन्। सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता गरी १ हजार जनाको हाराहारीमा सहभागिता रहेको आयोजकले जनाएको छ।