खैरो हेरोइन सहित २ जना पक्राउ

खैरो हेरोइन सहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–  कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१ भाँसी प्रगती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने (३ सय ९० मिलिग्राम) पदार्थसहित २ जना पक्राउ परेका छन्र ।

पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-१ बाह्रकुण्डा बस्ने ४४ वर्षीय सुवास बिष्ट र बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय हर्केस धानुक रहेका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित
पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।