सिरहाको लहान बजार दुर्गन्धित, नगरपालिका मौन

सिरहाको लहान बजार दुर्गन्धित, नगरपालिका मौन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेश सिंह महतो
सिरहा – सिरहाको लहान बजारमा नगरपालिकाका सरसफाई कर्मचारीले फोहोर नउठाउँदा ठाउँ– ठाउँमा फोहोरका डंगुर थुप्रिएका छन् ।

फोहोरको दुर्गन्धले सर्वसाधारणलाई आवतजावतमा समस्याका साथै मानिसहरु नाक थुम्न बाध्यभइरहेका छन् । दिनदिनै फोहोर थुप्रिँदै गएपनि नगरपालिकाले समस्या समाधानका लागि चासो देखाएको छैन । त्यसपछि कर्मचारीहरुले बजारमा झाडु लगाउने तर फोहोर नउठाउने निर्णय गरेका थिए । बुधवारदेखि उनीहरूले झाडु पनि लगाउन छाडेका तरकारी बजारका होटेल संचालक रघुबिर साह हलुवाईले बताएका छन् ।

चैतको अन्तिम सातादेखि नै स्थानीयले फोहोर फाल्न रोक लगाउँदै आएका छन् । त्यसपछि फोहोर व्यवस्थापन सम्बन्धी समस्या समाधान गर्न वडा नम्बर एकदेखि १० सम्मका वडाध्यक्षहरूको एउटा समिति गठन गरिएको थियो ।

समितिले नगरका २४ वटै वडामा फोहोर व्यवस्थापन गर्ने वैकल्पिक ठाउँ हेर्ने, स्थानीयसँग छलफल गर्ने र राजनीतिक दलका प्रतिनिधिसहित बैठक गर्न निर्णय गरेको वडा नम्बर १ का वडा अध्यक्ष फागु चौधरीले बताए ।