श्रीमतीको घाँटी रेटेर फरार भएका ओली राइन पक्राउ

श्रीमतीको घाँटी रेटेर फरार भएका ओली राइन पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान– श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

 

 

 

घरायसी विवादमा श्रीमती समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार रहेका कल्याणपुर नगरपालिका– ६ भोक्राहाका हत्यारा श्रीमान् ओली राइनलाई प्रहरीले पक्राउ गरेको हो।

 

 

इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको गोपालपुरबाट राइनलाई पक्राउ गरिएको हो।