काठमाण्डु– हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा एवम् लाखे नृत्य काठमाण्डु उपत्यकासहित देशभर प्रदर्शन गरिएको छ ।
सोही अनुरुप काठमाण्डुको जयबागेश्वरी परिसरमा पनि गाई, जोगी र लाखेनाचसहित जात्रा निकालिएको छ ।

राजधानीका असन, कमलाक्षी, क्षेत्रपाटी, लगन, ओमबहाल, टेकु, महाबौद्ध, नयाँबजार, बागबजार, डिल्लीबजार, कमलपोखरी, नक्साल, चावहिल, जयवागेश्वरी, बौद्ध, चुनिखेल, बूढानीलकण्ठ, टोखा, गोकर्ण, आलापोट, साँखु, जोरपाटीलगायत स्थानबाट सांस्कृतिक झाँकी निकालिएको हो ।
यसरी निस्किएका सांस्कृतिक झाँकीसहितको गाईजात्रा हेर्ने दर्शकको पनि सडकका दायाँबायाँ घुइँचो लागेको छ ।









प्रतिक्रिया