गणेश कुमार बुढा
बझाङ – बझाङ जिल्ला छविस पाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकाको मुटु मानिने थली नौबिसको पवित्र भुमि थलिजिउलाको दुर्गादेबि मन्दिरमा लाकुडी लाइनी पर्व सुरु भएको छ । लाकुडी लाइनी जात माघ १५ र १६ गते दुई दिनसम्म लाग्ने गर्दछ ।
१५ गते लेकगाँउको दैयाडबाट विहानैदेखी निराहार बर्त बसेर यो पर्व मनाइएको छ । ‘माघकी उबासु’ नामले चिनिने १५ गते बाठपाला देवताको मन्दिर दैपाडमा विशेष गरि पुजाआजा गर्ने र बेलुकी खडरात्रि बसेर बाठपाला देवताकै फाग गाएर मनाउने प्रचलन छ ।
निरहार वर्त पानी पनि नखाइ यहाँका मानिसहरु विहानै देखी खाली खुट्टा मन्दिर गएर पूजा आराधाना गर्छन् । खाली पेट र मुखमा जौंको पात राखेर निराहार वर्त वसि वाठपाला देवतालाई पूजा गरेमा अन्नवाली राम्रो हुने,सन्तान प्राप्ती हुने घरमा लौ लच्छिन हुने धन दौलतपनी राम्रो हुने जनविश्वास रहँदै आएको छ ।
यसैगरी दोर्सोदिन अर्थात माघ १६ गते थलिनौविसको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल थलि जिउंलाको दूर्गा मन्दिरमा लाकुडी लगाउंने चलन छ । सल्लाको सिङ्गो रुख नै उचालेर दुर्गादेबिको मन्दिरमा लाकुडि चढाउने परम्परा रहेकोले यसलाई लाकुडी लाईनी पर्व भनिएको हो ।
वास्तवमा यो पर्व लेकगाउंबाटनै सूरु हुन्छ। लेकगाउंको दैपाडबाट चह चह गर्दै चलाउने परिवारले आलम, बैसेक, आसागुर्ज, लगायतको साम्रगी सहितको डोला ल्याएपछि यो पर्व प्रारम्भ हुन्छ ।
डोलालाई थली दुर्गाको मन्दिरमा पूर्याएपछि सल्लाको सिङगै रुख काटेर एउटा पनि हाँगो न भाँचेर उचालेर ल्याउने प्रचलन छ त्यसलाई लाकुडी लाइनी भनिन्छ ।
अघिल्लो वर्ष चढाएको लाकुडी ढालेर नयां लाकुडी भणार सोर्नै कार्य गरेपछि सबै जना नयाँ लाकुडी ढालेकको ठाउंमा वाजागाजा सहित नयाँ लाकुडी ल्याउन तिलेली धार जाने प्रचलन छ।
काडागाइ भनिने दौल्याल परिवारको पुजारीले सिङ्गो सुख ढाल्नुपर्छ । त्यो सिङ्गो रुखलाइ नै नबिगारिकन नभाचिकन जस्ताको तेस्तै ल्याउने प्रचलन छ । यो बर्ष श्रीपञ्चमी पनिसंगै परेकाले यो मन्दिरमा हुम लगाउने र ५०÷६० भन्दा बढी बोकाको बलि दिने चलन पनि छ ।
थली नौबिसका चारै गाउँका भक्तजनका साथै छबिस पाथिभेरा र दुर्गाथली गाउँपालिकाको जुजि बाट साथै खप्तड छान्नाबाट समेत मानिसहरु श्रदालु भक्तजनहरु आउने प्रचलन छ । आज सन्जोक बस लाकुडि लाइनि मेला र हुम मेदा पर्व सङै संगै परेको छ । थली नौबिस युवा सञ्जालको विशेष पहल कदमिमा यहाँको स्थर उन्नतिका लागि विशेष पहल कदमिहरु भएका छ्न ।
यहीँबर्ष थली नौबिस युवा संजालले लगभग १५ लाखको लागतमा मन्दिर निर्माणकार्य गर्न लागिरहेको छ। देउसी भैलोको चन्दा संकलनबाट निर्माण गर्न सुरु गरिएको मन्दिर तामाले छाउने तयारी भैरहेको छ ।
ब्याङलोर बाट समेत आर्थिक सहयोग संकलन गर्दै जनस्तरमा बनेको सबैभन्दा बिस्वस्नियता भएको साथै बढी लागतको कामको रुपमा मन्दिर निर्माणको कामलाई लिन सकिन्छ ।
मार्सिधान फल्ने धलि जिउला आफैंमा प्रसिद्ध भुमि हुँदै हो त्यसैत जिउंलाको पुर्ब पट्टिजोडिएको २२०४ सिढी रहेको सिंजाली महाराजाले बनाएको सिढी खुट्टकुडि पनि यहाँको प्रसिद्ध ऐतिहासिक स्थान हो ।
मासको गाह्रो लगाएर बनाएको १०० मिटर भन्दा अग्लोठाउमा बनाएको पुल माटेसाङु पनि ऐतिहासिक ठाउका रुपमा परिचित छ । विर्सौना वजारले यो ठाउमा घुम्नलाई थप आकर्षक बनाएको छ । यस क्षेत्रका धार्मिक ऐतिहासिक क्षेत्रहरु हुन् ।




प्रतिक्रिया