काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले लकडाउनमा कोरोना भाइरसबाट मृत्यु हुनेभन्दा आत्महत्या गर्नेको संख्या बढेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले यस्तो पिडादायक अवस्थामा संघीय सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पण्डितले स्थानीय तहहरुलाई क्वारेन्टाइन निर्माणका लागि संघीय सरकारले सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् ।
‘कोरोनाले भन्दा दशौं गुणा बढी ज्यान आत्महत्याले लिएको छ, यो विषयमा संघीय सरकारको ध्यान जानु पर्दछ’, स्थानीय तहहरुमा क्वारेन्टाइनको पीडा छ । स्थानीय तहहरुलाई संघीय सरकारले क्वारेन्टाइन व्यवस्थापनका लागि आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता महसुश गरेको छु ।’
पछिल्लो समय लकडाउनले समस्यामा परेका निम्न वर्गका मानिस समस्यामा परेको गुनासो आइरहेको छ । त्यस्तै नेपालमा आत्महत्या गर्ने दर पनि दिनानुदिन बढिरहेकाले सांसद पण्डितले सरकारको ध्यानआकर्षण गराएका हुन् ।




प्रतिक्रिया