लाल मोहम्मद हत्या प्रकरण : प्रहरीद्धारा एसएसपीको नेतृत्वमा छानविन समिति गठन

लाल मोहम्मद हत्या प्रकरण : प्रहरीद्धारा एसएसपीको नेतृत्वमा छानविन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अज्ञात समूहको गोलीबाट मारिएका लाल मोहम्मदको घटनाको छानबिन गर्न नेपाल प्रहरीले समिति बनाएको छ । सोमबार सांझ ६ बजे गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वल्र्ड बेस्ट गार्मेन्ट’का सञ्चालक मोहम्मदमाथि अज्ञात समुहले गोली प्रहार गर्दा उनको मृत्यु भएको थियो ।

उपत्यकामा गोली प्रहारबाट उनको हत्या भएसंगै शान्ति सुरक्षामाथि नै प्रश्न उठेको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह नेतृत्वमा आएपछि घटेको यो पहिलो घटना हो । गोली प्रहारबाट हत्या गरिएका मोहम्मद विवादित पृष्ठभुमिका भएपनि उनको हत्या हुनु र अपराधि प्रक्राउ नपर्नुले प्रहरीको क्षमतामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

घटनाको अनुसन्धान र छानबिन गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा एसपी दिनेश मैनाली, सीआईबीका डिएसपी दुर्गा दाहाल, कृष्ण चन्द र इन्स्पेक्टर गजेन्द्र रावल सदस्य छन् ।

उनको हत्यामा संलग्नहरु घटनास्थल नजिकै होटल कोशिपारि गेष्ट हाउसमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।