अखिल क्रान्तिकारी अछाम अध्यक्षमा साउद चयन

अखिल क्रान्तिकारी अछाम अध्यक्षमा साउद चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम – नेकपा माओवादी केन्द्र अखिल (क्रान्तिकारी) अछामको अध्यक्षमा लालबहादुर साउद चयन भएका छन् । अखिलको १४औँ जिल्ला सम्मेलनले साउदको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा पंकज साउद, हृदय तिमिल्सिना, पूजा बुढा र कमल थापा चयन भएका छन् भने सचिवमा चन्द्र भण्डारी छानिएका छन् । त्यस्तै, सहसचिव राकेश साउद, धनवीर नेपाली, रविन्द्र साउद, जगत शर्मा चयन हुँदा कोषाध्यक्षमा सरस्वती केसी छानिएकी छन् ।