काठमाण्डु – पूर्वमन्त्री लालबाबु पण्डितले बहुमत पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान नहुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले नेकपा फुटिनसकेको बताउँदै बहुमत प्राप्त पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान नहुने बताएका हुन् ।
नेकपाका नेता समेत रहेको पूर्वमन्त्री पण्डितले कांग्रेस नेतृत्वमा सरकार बनाउँदा जनमतको अपमान हुने समेत बताएका छन् ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेको भोलिपल्टै नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।
उनले भनेका छन्, ‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान हुदैन । यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस । मेरो यसमा बिरोध रहने छ । नेतृत्वलाई बेलैमा जानकारी गराऊछु ।’




प्रतिक्रिया