सभामुखलाई लालबाबुको प्रश्नः विचाराधीन विधेयक अगाडि नबढाउने, सरकारले विजनेश दिएन मात्र भन्ने ?

सभामुखलाई लालबाबुको प्रश्नः विचाराधीन विधेयक अगाडि नबढाउने, सरकारले विजनेश दिएन मात्र भन्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सांसदले सरकारले बिजनेश दिएन भनेर प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालबाबु पण्डितले संसदमा अहिलेपनि ६५ विधेयक विचाराधीन भएको दाबी गर्दै सरकारले काम दिएर भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘यहाँ प्रचार गरिदै छ कि संसदलाई सरकारले काम दिएन । सरकारले ल्याएका विधेयक काम होइन ?,’ उनले प्रश्न गर्दै भने, ‘सन्धि सम्झौताहरु अनुमोदनका लागि ल्याएको यो काम होइन ? ।’ यसमा उनले सभामुखको विशेष भूमिका हुने बताए । ‘संसदले काम नपाएको भन्ने, सरकारले काम नदिएको भन्ने ? संसदले काम गर्न सकिरहेको स्थिति छैन् । यसमा सभामुखको विशेष भूमिका आवश्यक छ ।’

संसदले काम गर्न नसक्दा त्यो प्रश्न सभामुखतिर पनि उठ्ने भन्दै कुन पार्टीले त्यो रोकिरहेको छ भनेर जानकारी सांसदले पाउनुपर्ने बताए । ‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने त्यो प्रश्न त्यो सभामुखप्रति पनि उठ्छ,’ उनले भने, ‘कुन राजनीतिक पार्टीले रोकेको छ, विधेयक अगाडि बढाउन ? प्रधानमन्त्रीले रोक्नु भएको छ कि कुन मन्त्रीले रोक्नु भएको ? बाधा अवरोध छ भने सांसदलाई जानकारी हुनुपर्छ ।’