सोल्टी र द्वारिकाजसहित ११ होटल, अस्पताल र उद्योगविरुद्ध मन्त्री लालबाबुकाे एक्सन

सोल्टी र द्वारिकाजसहित ११ होटल, अस्पताल र उद्योगविरुद्ध मन्त्री लालबाबुकाे एक्सन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– जनसंख्या तथा वातावरण मन्त्री एक्सनमा उत्रिएका छन्।

३ फागुनमा गठित सरकारका मन्त्री बनेका पण्डितले मापदण्ड विपरीत सञ्चालन भएका ११ वटा होटल, अस्पताल तथा उद्योगलाई कारबाही गरेका हुन्।

वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका होटल, अस्पताल र उद्योगलाई ५० हजारदेखि एक लाखसम्म जरिवाना गरिएको मन्त्री पण्डितले बताए।

सोल्टी सिटी अपार्टेमेन्ट रविभवन, द्वारिकाज होटल गौशाला, सिटी होटल रविभवन, काठमाडौं गेष्ट हाउस ठमेल, अन्तराष्ट्रिय बालमैत्री अस्पताल माहारजगञ्ज, नेपाल नेसनल अस्पताल कलंकी, अरनिको आबुखैरेनी सिमेन्ट इन्ड्रस्ट्री तनहुँ, कमला मिल्स प्रालि टंकीसिनिवारी मोरङलाई कारबाही गरेको हो।

यसैगरी, काठमाडौं दुग्ध आयोजना बालाजु, काठमाडौं मोडल अस्पताल भृकुटिमण्डप र काठमाडौं अस्पताल त्रिपुरेश्वरलाई वातावरणमा असर पार्ने गरी सञ्चालन गरेको भन्दै जरिवानाका लागि सिफारिस गरिएको छ।