काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचमन्त्रीसहित दुई जना राज्यमन्त्रीलाई आफ्नो मन्त्रिमण्डलबाट हटाएका छन् ।
प्रधानमन्त्री ओलीले हटाउन लागेका मन्त्रीहरूमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा, श्रममन्त्री गाेकर्ण विष्ट र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित रहेका छन् ।
यस्तै कृषि राज्यमन्त्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढा पनि हटाइने सूचीमा परेका छन् । यी मध्यकेही मन्त्रीको नाम तलमाथि हुनसक्नेछन् ।
त्यस्तै नयाँ मन्त्रीहरुमा लेखराज भट्ट, रामेश्वर यादव, बिमला राई, बसन्त नेम्वाङ र सुरेन्द्र पाण्डे रहेका छन् । मन्त्रिमण्डल हेरफेरको विषयमा छलफल गर्न अहिले नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । नयाँ मन्त्रीको शपथग्रहण आजै हुनेछ ।
सचिवालय बैठकअघि नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।
सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन् ।




प्रतिक्रिया