सरुवा गर्न खोज्दा एक सहसचिवले मलाई ‘थुक्ने’ धम्की दिए : मन्त्री पण्डित

सरुवा गर्न खोज्दा एक सहसचिवले मलाई ‘थुक्ने’ धम्की दिए : मन्त्री पण्डित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरुवाको विषयमा कर्मचारीहरुले आफुलाई धम्की दिएकोे बताएका छन् ।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवा विधेयक’माथिको छलफलमा बोल्दै मन्त्री पण्डितले सरुवा गर्न खोज्दा आफुलाई एक सहसचिवबाट थुक्ने धम्की आएको बताए ।‘सबैभन्दा खराब मन्त्री भनेर ‘तलाई थुक्छु’समेत भनेँ’ मन्त्री पण्डितले गुनासो गरे ।

मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै कर्मचारी ऐन पनि परिवर्तन गरेर अघि बढ्नुपर्ने बताउँदै उनले एउटा कर्मचारी वर्षमा दुई सय १० दिनसम्म विदेश भ्रमणमा गएको पाएको जिकिर गर्दै यस्तो कर्मचारी प्रशासनमा काम नलाग्ने बताए ।