काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिबिना स्थानीय तहमा कुनै पनि कार्यक्रम संचालन गर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने बताएका छन् ।
बिहीबार काठमाठौंमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तर्रा्ष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले सरकारको अनुमतिबिना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिए ।
सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम संचालन गर्न सक्ने उनको भनाइ छ ।
स्थानीय तहमा नागरिकको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार सञ्चालन ऐन’ परिमार्जन गर्न लागिएको पनि बताए ।
उनले स्थानीय तहलाई नागरिकको कामप्रति जवाफदेही बनाउन सरकारले यो ऐन परिमार्जन गरेर अघि बढ्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे ।




प्रतिक्रिया