काठमाण्डु – जनता समाजवादी पार्टी प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन् । केन्द्रमा पार्टी विभाजनको अवस्थामा पुगेका बेला अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा राउतलाई संसदीय दलको नेता चयन गरिएको हो ।
अर्का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा अोली नेतृत्वको सरकारमा गएपछि असन्तुष्ट बन्दै आएका यादवले प्रदेश २ मा बहुमत सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता परिवर्तन गराएका हुन् । मुख्यमन्त्री राउतलाई ३६ जना सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन गरिएको हो ।
राउतलाई संसदीय दलको नेता चयन गरेको पत्र आजै प्रदेशसभा सचिवालयमा पेश गर्ने तयारी गरिएको छ । प्रदेश नम्बर २ मा सत्ता समीकरण प्रक्रिया अघि बढेका बेला अध्यक्ष यादवले संसदीय दलको नेतासमेत परिवर्तन गरेका हुन् ।




प्रतिक्रिया