अख्तियारलाई मुख्यमन्त्रीको जवाफ : जे माग्नुहुन्छ दिन तयार थिएँ

अख्तियारलाई मुख्यमन्त्रीको जवाफ : जे माग्नुहुन्छ दिन तयार थिएँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफु नेतृत्वको सरकारलाई बदनाम गराउन खोजेको बताएका छन् ।

बुधबार प्रदशेसभाको सातौं आधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अख्तियारको छापाप्रति आपत्ति जनाउँदै ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानमा अनुसन्धान थालेर प्रदेश सरकारलाई बदनाम गर्न खोजिएको बताएका हुन् ।

‘प्रदेशका सिंहदरबार हौं हामी, न त मलाई खबर गरियो, न त प्रमुख सचिवलाई नै,’ उनले भने, ‘मलाई जानकारी गराएको भए म जे माग्नुहुन्छ त्यो दिन तयार थिएँ । प्रदेश सरकारलाई बदनाम गराउन हामीमाथि अनेक षड्यन्त्र रचिएको छ ।’

उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताए ।