लोसपाका सांसद सोनलले मागे मुख्यमन्त्री राउतको राजीनामा

लोसपाका सांसद सोनलले मागे मुख्यमन्त्री राउतको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टीका सांसद जितेन्द्र सोनलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् ।

बुधबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा बोल्दै सांसद सोनलले प्रदेश १ सरकारले सञ्चालन गरेको बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल वितरणमा मुख्यमन्त्री राउतले अनियमितता गरेको भन्दै उनको राजीनामा माग गरेका हुन् ।

उनले साइकल वितरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन मुख्यमन्त्री राउतलाई आग्रह गरे । मुख्यमन्त्रीले यसअघि नै अलिकति पनि दोषी देखिए मार्गप्रशस्त गर्छु भनेको स्मरण गर्दै सांसद सोनलले अख्तियारको प्रारम्भिक छानबिनमा भ्रष्टाचार देखिएपछि राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।

‘मुख्यमन्त्रीजीले यसअघि नै प्रदेशको बैठकमा अलिकति दोषी देखिए मार्ग प्रशस्त गर्छु भन्नुभएको थियो’, सोनलले प्रश्न गरे, ‘अख्तियार प्रमुखले त साइकल खरीदको कागजात हेर्दा पहिलो चरणमै भ्रष्टाचार भएको भनिसकेको छ । यसबारे के भन्नुहुन्छ मुख्यमन्त्रीज्यू ? अहिलेसम्म तपाईको राजीनामा आएन ?’