काठमाण्डु – मधेश प्रदेसका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिने भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिन निर्देशन दिएपछि रावतले मुख्यमन्त्री पदबाट राजीनामा दिन लागेका हुन् । कतिपयले निर्वाचन नजिक आउंदै गर्दा यादवको स्टण्ट भएको समेत आरोप लगाएका छन् ।
मुख्यमन्त्री रावत भ्रष्टाचारमा मुछिएपछि उनको पार्टीभित्र राजीनामा मागिएको हो । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले यसअघि मुख्यमन्त्री कार्यालयमा नै छापा समेत हानेको थियो । साइकल खरिद प्रकरणमा समेत उनको संलग्नता रहेको बताइन्छ । उक्त प्रकरणमा समेत अख्तियारले छानविन गरिरहेको छ ।
नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका रावतलाई हटाएर हाल अर्थमन्त्री रहेका शैलेन्द्र शाहलाई मुख्यमन्त्री बनाउने तयारी छ ।




प्रतिक्रिया