क्षितिजलाई‎ लालबन्दी भाषा तथा साहित्य पुरस्कार

क्षितिजलाई‎ लालबन्दी भाषा तथा साहित्य पुरस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२ रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ आख्यानलाई प्रदान गर्ने निर्णय गरेको छ ।

स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट क्षितिजकृत ‘एउटा मायी नगरमा’ आख्यान छनोट भएको हो ।

‎‎यस्तै लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८२ लामो समयदेखि पत्रकारिता र साहित्य सिर्जना गर्दै आएका कृष्ण समर्पणले पाउने भएका छन् ।

लालबन्दी नगर वाङ्‌मय स्थानीय प्रतिभा पुरस्कारको राशि २५ हजार र लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार २०८२ राष्ट्रियको पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ ।

यसैगरी लालबन्दी नगर वाङ्‌मय परिषद्ले साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८२ साहित्यकार दिनेश अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिँदा होमिँदै सहिद बन्‍न पुगेका ‘मकै’ पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरिएको र सोही कोषको ब्याजको रकमबाट उक्त पुरस्कार वर्ष २०८१ बाट प्रदान गर्न प्रारम्भ गरिएको परिषद्ले जनाएको छ ।

‎नेपाली भाषा तथा साहित्यका क्षेत्रमा दीर्घसेवा गरेका साहित्यकार दिनेश अधिकारीलाई वर्ष २०८२ को उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए । पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।