काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई हटाउँदै रेशम चौधरीका बुवा लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाएको छ ।
यसअघि बुधबार भेलाले अध्यक्ष श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको थियो ।
पार्टीमा विवाद चर्किंदै जाँदा संरक्षक रेशम चौधरीले पत्नीलाई विस्थापित गर्दै बुवालाई पार्टी नेतृत्वमा स्थापित गरेका छन् ।




प्रतिक्रिया