सीआईबीले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउदैँ

सीआईबीले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउदैँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान सकेको छ। आइतवार सीआईबी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।

सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन गत शुक्रवार पेस गर्न ताकेता गरेको थियो। तर, सीआईबीले प्रतिवेदन लेखनको काम भइरहेको भनेर शुक्रबार प्रतिवेदन पेस गर्न नभ्याउने जानकारी गराएको थियो।

सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी कागजात तथा दस्तखत किर्ते भएको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। संगठित रुपमा नै किर्ते भएको कसुरमा सीआईबीले अनुसन्धान गरेको हो। किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न ६० दिनको समय हुन्छ। यो अवधि सकिनै लाग्दा सीआईबीले अनुसन्धान प्रक्रिया सकेको छ ।  ललिता निवासको जग्गा प्रकरणमा हाल १८ जना सीआईबीको हिरासतमा रहेका छन्।