ललिता निवास प्रकरणः १८ अर्ब ३५ करोडसहित कैद र जरिवाना गर्नुपर्ने माग

ललिता निवास प्रकरणः १८ अर्ब ३५ करोडसहित कैद र जरिवाना गर्नुपर्ने माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललितानिवास प्रकरणको मुद्दा शुक्रबारभित्र काठमाण्डु जिल्ला अदालतमा दर्ता हुने भएको छ । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्री र ६ पूर्वसचिवसहित २३८ जनाविरुद्ध मुद्धा दर्ता हुने भएको हो ।

जसअनुसार जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्री र ६ पूर्वसचिवसहित २३८ जनाविरुद्ध १८ अर्ब ३५ करोड रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब दुई महिना लगाएर अनुसन्धान प्रतिवेदन तयार पारेको थियो । जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्व भूमि सुधारमन्त्रीद्वय डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्व भौतिक योजना राज्यमन्त्री सञ्जय साह, पूर्वसचिवहरू दीपबहादुर बस्न्यात, छविराज पन्त, युवराज भुसाल, रवीन्द्रमान जोशी, दिनेशहरि अधिकारी, नारायण गोपाल मलेगो र १८ जना पूर्व सहसचिवसहित २ सय ३८ जनाविरुद्ध १८ अर्ब ३५ करोड ९५ लाख रुपैयाँसहित कैद र जरिवाना गर्नुपर्ने राय दिइएको छ।