ललिता निवास प्रकरण : पक्राउ परेकालाई  थप ७ दिन हिरासतमै राख्न अनुमति

ललिता निवास प्रकरण : पक्राउ परेकालाई  थप ७ दिन हिरासतमै राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध थप ७ दिन म्याद थप भएको छ। मंगलबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन म्याद थप गरेको हो।

ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अहिलेसम्म ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

ललिता निवास प्रकरणमा अहिलेसम्म पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व आयुक्त सुधीकुमार शाह, गोपाल कार्की र धर्मप्रसाद गौतम, काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराई, सहित घमनकुमार कार्की र बाबुराजा महर्जन, समरजंग कम्पनीका तत्कालीन प्रमुख तथा नासु रमेशकुमार पोखरेल, मोही देवनारायण महर्जन गरी ९ जना अहिले सीआईबीको हिरासतमा छन्।

उनीहरुविरुद्ध मुलुकी ऐन २०२० अन्तर्गत सरकारी कीर्तेको कसुरमा अनुसन्धान अघि बढाइएको छ। यो प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।