काठमाण्डु – बालुटारस्थित ललितानिवास जग्गा प्रकरणमा थप २ जना प्रकाउ परेका छन् । मंगलबार बिहान उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएकाे छ।
पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्। योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ। प्रहरीले ललितानिवास प्रकरणमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको छ।




प्रतिक्रिया