ललितानिवास जग्गा प्रकरण : बयानका लागि अख्तियारले आरोपित ८६ जनालाई बोलायो

ललितानिवास जग्गा प्रकरण : बयानका लागि अख्तियारले आरोपित ८६ जनालाई बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ ।

बुधबार अख्तियारले ८६ जनाकै नाम र कित्ता नम्बर उल्लेख गरि सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो । अनियमितताको छानबिनका लागि आरोपितहरुलाई सात दिनको समय दिइएको छ ।

बयानका लागि ‘भूमाफिया’ किटान भएका डा शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम भने समावेश गरिएको छैन । ढकाल र सुवेदीसँग सहकार्य गरी जग्गा हडपेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई पनि बयानका लागि बोलाइएको छैन ।

अख्तियारको सूचनामा ढकालकी छोरी लक्ष्मी ढकालको नाम राखिएको छ । भाटभटेनीका सञ्चालक गुरुङका छोरा कल्याण गुरुङलाई पनि बयानका लागि बोलाइएको छ ।

बयानका लागि बोलाइएका अधिकांश व्यक्तिहरुले ललिता निवासको मोही भनी दाबी गर्दै आएका थिए ।