माइतीघरपछि पुल्चोकको मन्त्री निवास क्षेत्रमा ६ महिनासम्म निषेधाज्ञा

माइतीघरपछि पुल्चोकको मन्त्री निवास क्षेत्रमा ६ महिनासम्म निषेधाज्ञा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको माइतीघर मण्डला क्षेत्रमा हुनसक्ने प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक मन्त्री निवास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित यूएन हाउस र मन्त्री निवासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा यूएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लासम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा निषेधाज्ञा मंसिर ५ गतेदेखि लागू हुने गरी ६ महिनासम्म कायम गरिएको छ ।

निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।