काठमाण्डु – जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रमेश ढकालले पुरानो मन्त्री निवास पुल्चोक र नयाँ मन्त्री निवास क्षेत्र भैंसेपाटीमा निषेधाज्ञा जारी गरेका छन् ।
आईतबार जारी निषेधाज्ञाअनुसार मन्त्री निवास क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा विरोधसभा जस्ता कार्यक्रममा रोक लगाइएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम सीडीओ ढकालले २ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेका छन् । पुरानो मन्त्री निवास क्षेत्र पुल्चोकस्थित यूएन हाउस तथा भैसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।


प्रतिक्रिया